
जेनजीको आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् ।
कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ ।
यस्तै आन्दोलनका क्रममा नेकपा (एमाले) र नेपाली कांग्रेसको पार्टी कार्यालयमा क्षति भएको छ ।
आज लेकम गाउँपालिका–५ मा रहेको लोकदर्पण एफएमको कार्यालयमा समेत तोडफोड भएको छ ।
उनीहरू गाउँपालिका तोडफोडमा जान लागेको खुलेपछि लेकम–३ मा रहेको सशस्त्र प्रहरी बीओपीको टोली पालिकामा खटाइएको पौडेलले बताए ।