३० असार २०८३, मंगलबार
स्वास्थ्य मन्त्रालयको विवरण

जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते

भदौ २५, २०८२
काठमाडौं
जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनमा परी ३० जनाको मृत्यु भएको जनाएको छ । यस्तै एक हजारभन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ । 

मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु हुनुका साथै एक हजार ६१ जनाको उपचार भइरहेको हो । उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए ।  

निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ । 

यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । 

सचिव डा देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।  

सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्