काठमाडौं, ७ माघ — विरेन्द्र सैनिक अस्पताल छाउनीमा अव सर्वसाधारणले पनि उपचार गराउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका बीचमा भएको छलफलमा दिउँसो साढे तीन बजे देखि बेलुकी पाँच बजे सम्म सर्वसाधारणलाई बहिरंग सेवा दिने निर्ण गरिएको हो ।
स्वास्थ्यमन्त्री गगन थापाले आउँदो फागुन १३ गते शिवरात्रिको दिन देखि दिउँसो साढे तीन वजे देखि सर्वसाधारणले पनि विरेन्द्र सैनिक अस्पतालमा उपचार गराउन पाउने बताएका छन् ।
काठमाडौं बाहिर २४ स्थानमा रहेका नेपाली सेनाका डाक्टरहरूले पनि सर्वसाधारणको परीक्षण गर्ने सहमति भएको छ ।
नेपाली सेनाको विशिष्ट कक्षमा उपचार गराउने विशिष्ट व्यक्तिको उपचारका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने सहमति समेत भएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने विभिन्न शिविरमा नेपाली सेनाको मोवाइल समुहलाई पनि प्रयोग गर्ने सैद्धान्तिक सहमति भएको छ ।
गगन थापाले यस्तो टुइट लेखेको छन् ।
