११ साउन २०८३, सोमबार

‘कू’ को षड्यन्त्र आरोपमा ब्राजिलका पूर्वराष्ट्रपति बोल्सनारो दोषी ठहर, २७ वर्ष जेल सजाय

भदौ २७, २०८२
काठमाडौं
‘कू’ को षड्यन्त्र आरोपमा ब्राजिलका पूर्वराष्ट्रपति बोल्सनारो दोषी ठहर, २७ वर्ष जेल सजाय

ब्राजिलको सर्वोच्च अदालतले २०२२ को चुनावी हारपछि पनि सत्तामा टिकिरहने प्रयासमा ‘कू’को षड्यन्त्रमा पूर्वराष्ट्रपति जेयर बोल्सनारोलाई दोषी ठहर गर्दै २७ वर्ष तीन महिनाको जेल सजाय तोकेको छ ।

सन् २०१९ देखि २०२२ सम्म ब्राजिलमा शासन गरेका दक्षिणपन्थी नेतालाई पाँच मुद्दामा दोषी ठहर गरिएको समाचार संस्था एपीले जनाएको छ । पाँच न्यायाधीशको प्यानलमध्ये चारजनाले उनलाई दोषी ठहराएका छन् । समाचारअनुसार एक न्यायाधीश लुइज फुक्सले भने उनको पक्षमा फैसला सुनाउँदै सबै आरोपबाट सफाइ दिन मतदान गरेका थिए ।

७० वर्षीय बोल्सनारो हाल नजरबन्दमा छन् । यो फैसलाविरुद्ध सर्वोच्च अदालतको ११ सदस्यीय बेन्चमा पुनरावेदन गर्ने उनका वकिलहरूको भनाइ छ । यद्यपि, बोल्सनारोले सबै आरोप अस्वीकार गरेका छन् । अदालतको सुनुवाइमा व्यक्तिगत रूपमा उपस्थित नभएर आफ्ना वकिलहरूलाई पठाएका छन् ।

यो फैसला देशको राजनीतिमा थप विभाजन ल्याउने र यसले अमेरिकाको असन्तुष्टि बढाउने अनुमान गरिएको एपीको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्