०८ साउन २०८३, शुक्रबार

काभ्रेमा ८ हजारभन्दा बढी मत बदर, कसलाई घाटा लाग्यो ?

मंसिर २८, २०७४
काभ्रेमा ८ हजारभन्दा बढी मत बदर, कसलाई घाटा लाग्यो ?

बनेपा, २८ मंसिर–प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ ९४।३०० प्रतिशत मत बदर भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार ९९ मत बदर भएको हो । 

मतदाता शिक्षाको अभाव, मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए । 

‘हामीले मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनौं, त्यस्तो त्रुटि पनि देखियो,’ उनले भने ।  कूल दुई लाख ७२ हजार २९२ मतदाता रहेको जिल्लामा एक लाख ९२ हजार ८७० मत खसेको थियो । 

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख ३३ हजार ७७८ मतदाता रहेकामा ९३ हजार ५४२ मत खसेको थियो भने प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख ३८ हजार ५१८ मतदाता रहेकामा ९९ हजार ३२८ मत खसेको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई र प्रदेशसभा चार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्