०७ साउन २०८३, बिहीबार

भगवतीलाई षड्यन्त्रपूर्वक हराइएको भन्दै गच्छदारविरुद्ध प्रदर्शन

मंसिर २८, २०७४
भगवतीलाई षड्यन्त्रपूर्वक हराइएको भन्दै गच्छदारविरुद्ध प्रदर्शन

इटहरी, २८ मंसिर– सुनसरी क्षेत्र नम्बर ३ मा वाम गठवन्धनकी उम्मेदवार भगवती चौधरीलाई पराजित गरी विजयी भएका कांग्रेस उम्मेदवार विजयकुमार गच्दारको विरोध शुरु भएको छ । 

नेकपा एमालेका कार्यकर्ता र भगवती चौधरीका समर्थकले गच्छदारको विरोधमा इटहरीमा जुलुस निकालेका छन् । गच्छदारले मतगणनामा षड्यन्त्र गरेर चुनावी परिणाम आफ्नो पक्षमा पारेको एमालेलगायत वाम गठवन्धनका कार्यकर्ताको आरोप छ । 

आफूलाई षड्यन्त्र गरि हराइएको भन्दै वाम गठवन्धनकी उम्मेदवार चौधरीले अदालत जाने निर्णय गरेकी छन् । गच्छदारले धाँधली गरेर चुनाव जितेको दाबी गर्दै आएकी उनले गच्छदारले प्रमाण पत्र लिन जाने  कार्यक्रममा अवरोधको प्रयास गरेकी हुन् । 

दुहवीबाट एमाले समर्थक विरोध जुलुस निर्वाचन कार्यालय तर्फ अघि बढ्न खोजेपछि सुरक्षा अवस्था कडा पारिएको छ । आज सुनसरीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बाँड्ने कार्यक्रम छ ।

सबैभन्दा ढिलो बुधवार मात्रै सुनसरी ३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो । सार्वजनिक परिणामअनुसार गच्छदार ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका थिए भने उनकी निकटतम् प्रतिद्वन्द्वी वाम गठवन्धनकी गभवती चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् ।  

कमेन्ट गर्नुहोस्