२५ असार २०८३, बिहीबार

लहानमा प्रेसरकुकर बम बिस्फोट,जनतान्त्रिक तराईमुक्ति मोर्चाको पम्प्लेट फेला

मंसिर २८, २०७४
लहानमा प्रेसरकुकर बम बिस्फोट,जनतान्त्रिक तराईमुक्ति मोर्चाको पम्प्लेट फेला

लहान, २८ मंसिर -लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिनुभयो । 

हात र पिठ्यूँमा गम्भीर चोट लागेको चौधरीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । 

घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) को पम्प्लेट फेला परेको प्रहरी निरीक्षक राउतले बताउनुभयो । बम विस्फोटका सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्