
काठमाडौं, ७ माघ –गत नोभेम्बर ९ मा अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पको विजयको खुसियालीमा काठमाडौंमा उत्सव हुने भएको छ ।
घरजग्गा एजेन्ट संघ नेपाल (रियान)ले ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भएकामा बधार्इ तथा शुभकामना दिन कार्यक्रमको अायोजना गरेको छ ।
कार्यक्रम शनिवार ललितपुरको बकुण्डोलमा हुने उल्लेख गरिएको छ । ‘रियल स्टेट व्यवसायी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति हुनु भएकामा नेपालका घरजग्गा व्यवसायीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं,’ रियानद्वारा प्रेसित निमन्त्रणा पत्रमा भनिएको छ, ‘कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने जानकारी गराउँदछौं ।’
गत सन् २०१६ नोभेम्बर ८ मा अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित ट्रम्पले शुक्रवार (आजै) नेपाली समय अनुसार पौने ११ बजे शपथ ग्रहण गर्दैछन् ।