०८ साउन २०८३, शुक्रबार

जितेकाहरु चुनाव सकिएपछि पनि घरदैलो गर्दै, हारेकाहरु के गर्दै छन् ?

मंसिर २८, २०७४
जितेकाहरु चुनाव सकिएपछि पनि घरदैलो गर्दै, हारेकाहरु के गर्दै छन् ?

काठमाडौँ २८ मंसिर– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि खुसियाली साटासाट गर्न केही जनप्रतिनिधिले जनताको घरदैलोमा पुगेका छन् । 

काठमाडौँ–७ बाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिले खुसियाली साटासाट गर्न जनताको घरदैलोमा पुगेका हुन् । 

सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर र प्रदेशसभा सदस्य (क) वसन्त मानन्धर तथा प्रदेशसभा सदस्य (ख) प्रकाश श्रेष्ठलाई अहिले दिनहुँजसो भइरहने स्वागत, चियापान तथा राजनीतिक कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भइरहेको छ । 

काठमाडौँ महानगरपालिका १६, १७, १८ र २५ वडा, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा तथा नागार्जुन नगरपालिकाका १, २ र ३ वडा रहेको उक्त निर्वाचन क्षेत्रका केही ग्रामीण भेगमा करिब चार हजार भूकम्प प्रभावित बसोबास गर्ने गरेका छन् । महानगरपालिका भित्र नेवार समुदायको बढी घनत्व छ । 

घरदैलो कार्यक्रमअन्तर्गत कामनपा– १८ नरदेवीस्थित ताम्सीपाखा युवा क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा निर्वाचित प्रतिनिधिसभा सदस्य मानन्धरले निर्वाचनमा जनतालाई दिएको आश्वासन तथा निर्वाचन पूर्व गरिएका प्रतिबद्धता पूरा गर्ने बताउँदै आर्थिक विकास तथा रोजगारी सिर्जनाका लागि उद्यमशीलताको विभिन्न परियोजना सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे । 

निर्वाचनपछि प्राप्त भएको जनादेशबाट जनतामा नयाँ उत्साह थपिएको छ । स्थानीय तह, प्रादेशिक, केन्द्रीय तहका जनप्रतिनिधिले अहिले खानेपानी, ढल व्यवस्थापनजस्ता स्थानीय पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्न आपसी छलफल तथा अन्तक्र्रियासमेत सञ्चालन गर्न थालेका छन् । 

सोही स्थानमा विभिन्न महिला समूहले नवनिर्वाचित प्रदेशसभा सदस्य मानन्धरलाई कसरी प्रदेशको नामाकरण गर्ने भनेर प्रश्न गर्दा प्रदेशसभाको बैठकले त्यस क्षेत्रको ऐतिहासिकता, स्थानीय संस्कृतिको पहिचान हुने गरी नामाकरण गर्न भूमिका निर्वाह गर्ने विश्वास दिलाए । 

निर्वाचित भएपछि फर्केर जनता कहाँ नआउने विगतको परिपाटीलाई तोड्दै अहिले उनीहरु स्थानीय समस्या बुझ्न र धन्यवाद दिन आममतदाताको घरदैलोमा आएका हुन् भने विभिन्न स्थानमा आयोजित राजनीतिक भेला र कार्यक्रममा समेत सहभागी हुन थालेका छन् । 

प्रदेश (ख) का सदस्य श्रेष्ठले हरियाली पार्क, खेल मैदान निर्माण, स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्म ढलान, आठ माइल डाँडागाउँलाई पर्यटकीयस्थल बनाउने प्रतिबद्धता व्यक्त गरे। 

कामनपा– १८ का वडा अध्यक्ष न्हच्छेकाजी महर्जनले प्राचीन समयमा स्थापना गरिएको नरदेवी मन्दिरको विशेष महत्व रहेको तथा त्यहाँका विभिन्न बहाल बही जीर्ण बन्दै गएकाले त्यसको संरक्षण कार्यका लागि प्राथमिकतामा राखिएको जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्