०४ असार २०८३, बिहीबार

बदरको ठूलो हिस्सा ‘नो भोट’

मंसिर २९, २०७४
बदरको ठूलो हिस्सा ‘नो भोट’

काठमाडौं, २९ मङ्सिर- निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नहुँदा कुनै पनि उम्मेदवार मन नपराउने मतदाताका मत बदर भएका छन् ।

निर्वाचन आयोगका अनुसार मतपत्रमा मत संकेत उल्लेख नगरिएका अधिकांश मत भेटिए पनि मतपत्रमा ‘कसैलाई पनि मत दिन्नँ’ भन्ने विकल्प नहुँदा बाध्यतावश मत बदर भएका हुन् । आयोगका अनुसार समानुपातिक र प्रत्यक्ष दुवैतर्फ बदर मतको संख्या अधिक छ ।

प्रदेश र तथा प्रतिनिधिसभा समानुपातिकतर्फको जारी मतगणनामा मात्र ४ प्रतिशत हाराहारी मत बदर भइसकेका छन् । ‘बिहीबार रातिसम्म ६७ जिल्लाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ,’ आयोगका प्रवक्ता नवराज ढकालले  भने, ‘समानुपातिकतर्फको मतगणनामा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको पाइएको छ ।’ उनका अनुसार समानुपातिकतर्फ बदर भएका मतमा पनि अधिकांश मत जाहेर नगरेका मतपत्र छन्, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्