१६ असार २०८३, मंगलबार

बजेट विनियोजन गर्न स्थानीय निकायलाई समस्या

मंसिर २९, २०७४
बजेट विनियोजन गर्न स्थानीय निकायलाई समस्या

काठमाडौं, २९ मंसिर– मुलुक संघीय संरचनामा प्रवेश गरेपछि स्थानीय निकायलाई पठाएको कृषि तथा पशुपन्छी शीर्षकको बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई समस्या परेको छ । 
स्थानीय निकायका प्रतिनिधिले गाउँपालिका र नगरपालिकामा ती दुबै क्षेत्रमा बजेट छुट्टयाउन निकै कठिन भएको बताएका छन् । 

नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)को सहकार्यमा राष्ट्रिय कृषक समूह महासंघले सात प्रदेशका सातवटा जिल्लाका ४४ वटा गाउँपालिका र नगरपालिकामा गरेको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो । 
चालू आर्थिक वर्षदेखि सरकारले कृषि र पशुपन्छीको कुल बजेटमध्ये केही हिस्सा सोझै स्थानीय निकायमा पठाउने व्यवस्था गरेको छ । 
प्रतिवेदनअनुसार ४४ स्थानीय निकायमा गरिएको अध्ययनमा ७७ प्रतिशतले कृषि र पशुपन्छीको क्षेत्रमा बजेट छुट्टयाउन कठिन भएको बताएका छन् ।  सर्वेक्षणमा सहभागीमध्ये पाँच प्रतिशत स्थानीय निकायले मात्रै सहज रुपमा विनियोजन गर्न सकेको बताएका छन् , अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्