०८ असार २०८३, सोमबार

गुजरात र हिमाचलमा भाजपाकै सरकार

मंसिर २९, २०७४
गुजरात र हिमाचलमा भाजपाकै सरकार

गुजरात, २९ मंसिर– भारतको गुजरात र हिमाचल प्रदेशमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी (भाजपा) विजय हुने चुनावी सर्वेक्षणहरुले देखाएको छ । चुनावपछिका एक्जिट पोल सर्वेले यस्तो देखाएको हो ।  

सर्वेअनुसार दुवै राज्यमा भाजपाको ठूलो जित हुने देखिएको छ । योसँगै भाजपा गुजरातमा सत्तामा पकड बनाइ राख्ने छ भने हिमाचलमा ५ वर्षपछि सत्तामा फर्कनेछ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति लगाए पनि सम्भव नदेखिएको नतिजा आउनुपूर्वका सर्वेक्षणहरुले देखाएका छन् ।

हालैमात्र कंग्रेस अध्यक्षको कमान सम्हालेका राहुल गान्धीका लागि यो चुनाव परिणाम निकै महत्व मानिएको छ । त्यसैगरी प्रधानमन्त्री मोदीका लागि पनि आफ्नो लोकप्रियता जाँच्ने मूख्य आधार मानिएको छ ।
सर्वेमा गुजरातमा भाजपाको ९९ देखि  ११३ सीट र  कंग्रेसको खातामा ६८ देखि ८२ सीट,  हिमाचल प्रदेशमा भाजपाले ४७ देखि ५५ र कंग्रेसले १३ देखि २० सीट पाउने अनुमान छ । 

salt training

कमेन्ट गर्नुहोस्