०३ असार २०८३, बुधबार

नुवाकोटमा हवाई फायर भएपछि बोले मन्त्री केसी

कात्तिक २०, २०७४
नुवाकोटमा हवाई फायर भएपछि बोले मन्त्री केसी
काठमाडौँ, ७ माघ - सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनको विषयलाई लिएर नुवाकोटमा भएको घटनामा सबैलाई पूर्ण संयम र धैर्यता अपनाउन आग्रह गरेका छन् | मन्त्री केसीले आज एक विज्ञप्तिमार्फत गृह जिल्लामा आज सरकारी कार्यालयमा भएको तोडफाड, सवारी साधनमा भएको आगजनी र प्रहरीसँगको झडपमा परी घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले जिल्लास्थित सबै राजनीतिक दलहरुको सहमतिलाई लत्याएर सीमित व्यक्तिहरुको स्वार्थमा पुनःसंरचनाको विरोधमा हुँदै आएको जनसङ्घर्ष र हडताल आज अप्रिय घटनामा परिणत भएको उल्लेख गरेका छन् ।

मन्त्री केसीले आफूले उक्त विषय समाधानका लागि पटकपटक मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री र सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्रीसँग कुरा गरेको जानकारी गराउँदै भोलि माघ ८ गते नै प्रमुख दलहरुको बैठक आयोजना गरी प्रक्रियागत ढङ्गबाट समाधान गर्न प्रधानमन्त्रीले विश्वास दिलाएको उल्लेख गरेका छन् ।

उनले स्थानीय प्रशासन, सबै दल, प्रहरी, स्थानीयलाई धैर्यता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा समस्याको सामाधान खोज्न आग्रह गरेका छन ।

salt training

कमेन्ट गर्नुहोस्