०६ साउन २०८३, बुधबार

‘बलिदान’को अग्रिम टिकट बिक्री शुरू

असोज ९, २०८२
काठमाडौं
‘बलिदान’को अग्रिम टिकट बिक्री शुरू

यही असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को अग्रिम टिकट बिक्री शुरू भएको छ । 

नेपालका अधिकांश हलमा बुधबारदेखि नै टिकट बिक्री शुरू भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन् ।

चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन् । 

बुधबार नै नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले करिब १ सय शो ‘बलिदान’लाई दिएको छ, जुन अझ बढ्ने अनुमान छ । त्यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई सिनेमाजले पनि उल्लेख्य शो प्रदान गरिसकेको छ ।

देशभरका अन्य हलहरूमा पनि उच्च सङ्ख्यामा शो प्राप्त भएको छ । यसअघि सार्वजनिक गरिएको पोस्टर, प्रि-टिजर, टिजर, गीत र ट्रेलरमार्फत चलचित्रले दर्शकमाझ ठूलो उत्सुकता पैदा गरिसकेको छ । 

निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार, ‘बलिदान’ केवल मनोरञ्जनको साधन मात्र नभई देशप्रतिको कर्तव्य बोध र आमाप्रतिको माया–ममताको प्रतीक हो । उनका शब्दमा, ‘चलचित्रले दर्शकलाई जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा दिनेछ ।’

आशुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्