१५ असार २०८३, सोमबार

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कुन पार्टीको कति मत ?

मंसिर २९, २०७४
समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कुन पार्टीको कति मत ?

काठमाडौँ, २९ मंसिर -  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ । 

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ३० लाख ५९ हजार ५५४ मत प्राप्त गरेको छ । 

त्यस्तै नेकपा (माओवादी केन्द्र) १२ लाख ७३ हजार ३४३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख ५८ हजार ६२१ मत पाएको छ । 

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चार लाख ४६ हजार ७८९, विवेकशील साझाले दुई लाख ११ हजार ४६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ९३ हजार ८६१, राप्रपा (प्रजातान्त्रिक) ले ८७ हजार ४६९, नयाँ शक्ति पार्टी नेपालले ८० हजार ६८० र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४४ मत ल्याएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्