
काठमाडौँ, १ पुस- दशौँ हजार मतदाताबीच प्रतिस्पर्धा हुँदा केहि उम्मेदवार थोरै मतान्तरले पराजित बनेको खबर नयाँ पत्रिकाले छापेको छ |
तनहुँ २ प्रदेश सभा (क) मा कांग्रेसका प्रदीप पौडेल माओवादी केन्द्रकी आशा कोइरालासँग जम्मा पाँच मतले पराजित हुन पुगे ।
काठमाडौं १ प्रदेश सभा (ख) मा कांग्रेसका सुरजचन्द्र लामिछाने १९ मतले पराजित हुन पुगे ।
हुम्लामा स्वतन्त्र सांसद छक्कबहादुर लामाले कांग्रेस उम्मेदवार मंगलबहादुर शाहीलाई ४७ मतान्तरले पराजित गरे ।
पर्सा २ प्रदेश सभा (क) मा दुई सयभन्दा कम अन्तरको हारजित भयो । कांग्रेसका राजेश्वरप्रसाद साहले संघीय समाजवादी फोरमका रामनरेशप्रसाद यादवलाई १८० मतले पराजित गरे ।
कुल मतदाता पाँच हजार आठ सय ८१ भएको मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङले कांग्रेसका टेकबहादुर गुरुङलाई २७९ मतले पराजित गरे ।
मुस्ताङमा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले कांग्रेसका रोमी गौचन थकालीलाई तीन सय ६३ मतले पराजित गरे । तुलाचनले ३५४४ र गौचनले ३१८१ मत ल्याए।