०४ साउन २०८३, सोमबार

गीतकार नारायण खतिवडाको 'खुशी' सार्वजनिक [भिडियो]

असोज २०, २०८२
काठमाडौं
गीतकार नारायण खतिवडाको 'खुशी' सार्वजनिक [भिडियो]

गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको संगीत तथा कुन्ती मोक्तानको स्वर रहेको भजन गीत 'खुशी' सार्वजनिक गरिएको छ । नमस्ते नेपाल डिजिटल स्टूडियोबाट गीत सार्वजनिक भएको हो । 

खुशी हुन आफूले आत्मचिन्तन गर्नुपर्ने भाव गीतमा रहेको छ । त्यसको सजिलो बाटो भगवानप्रतिको चिन्तनले सम्भव हुने गीतले सन्देश दिएको छ । 

तर भगवानप्रति विश्वास नगर्नेले भने आत्मचिन्तनबाटै आन्तरिक खुशी हुन सकिने भावसमेत समेटिएको छ ।

आजभोलिको भागदौड, व्यस्तता तथा भौतिकवादी चिन्तनबाट भौतिक सुख पाए पनि मानिस सुखी र खुशी बन्न सकेको छैन । त्यसका लागि भौतिक सुखका साथै आध्यात्मिक चिन्तनबीचको सन्तुलन हुनुपर्ने गीतको भाव रहेको छ ।

उक्त सन्देशमूलक भजनमा कलाकार अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय रहेको छ । सार्वजनिक भएको भजनको म्युजिक भिडियोमा गीतकार खतिवडा आफैंले निर्देशन गरेका हुन् । 

खतिवडाका सम्झनाका पाइलाहरू, बहारजस्ता गीति पुस्तक प्रकाशन भएका छन् भने धेरै  गीत र भिडियो पनि आइसकेका छन् । 

भिडियो

salt training

कमेन्ट गर्नुहोस्