०३ असार २०८३, बुधबार

सोंचे अनुसार परिणाम ल्याउन नसकेपछि कांग्रेसले बखेडा झिक्यो : ओली

सोंचे अनुसार परिणाम ल्याउन नसकेपछि कांग्रेसले बखेडा झिक्यो : ओली

काठमाडौं, १ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले निर्वाचनबाट आफुले सोचे अनुसारको परिणाम ल्याउन नसकेपछि बखेडा झिकेको आरोप लगाएका छन् । शनिबार बिहान राजधानीमा संचारकर्मीसगँ उनले कांग्रेसले जनमतलाई अस्वीकार गर्ने र अड्को थाप्ने काम गर्न नहुने बताए । 

निर्वाचनबाट स्पष्ट बहुमत आएकोले नयाँ सरकार गठन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ । निर्वाचन हारेको पक्ष र अल्पमतमा परेको सरकारले बहुमत ल्याएको पक्षलाई अगाडि बढ्न रोक्न नमिल्ने उनको तर्क छ ।

अध्यक्ष ओलीले सरकार गठन र राष्ट्रियसभा गठनका आ–आफ्नै प्रावधान भएकाले यसलाई आफु अनुकुल व्याख्या नगर्न आग्रह गरे । वामपन्थी सरकारमा गए लोकतन्त्र खतरामा पर्छ भन्ने कांग्रेसको बुझाइ हो भने प्रष्ट पार्नु पर्यो भन्दै उनले निर्वाचन आयोगलाई संविधान र कानूनको पक्षमा उभिन सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्