०८ साउन २०८३, शुक्रबार

अब केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय

अब केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय

काशिराज दाहाल संयोजक रहेको अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना कार्यान्वयन समितिले केन्द्रमा १५ वटा र प्रदेशमा बढीमा ७ मन्त्रालय बनाउने सुझावसहितको प्रतिवेदन तयार पारेको छ ।

साे प्रतिवेदन समितिले सरकारलाई बुझाई समेत सकेको छ ।

प्रतिवेदन कार्यान्वयन भए संघीय संरचनामा ठूलो आकारको मन्त्रिमण्डल हुनेछैन । अहिले मनपरी रुपमा मन्त्रिमण्डल बनाइँदै आएको छ ।

शेबहादुर देउवा नेतृत्वको अहिलेको सरकारमा ६३ जना मन्त्री रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएकोप्रतिवेदनमा संघीय प्रणालीमा गएपछि बजेट, अधिकार, स्रोत र जनशक्तिसमेत तल्लो तहमा विकेन्द्रित भएकाले केन्द्रमा हाल रहेका अनेकन् मन्त्रालय गाभिनुपर्ने उल्लेख छ । प्रतिवेदनलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि कार्यान्वयन आउने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्