
काठमाडौ., १ पुस–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको गठवन्धनलाई जनताले नै अनुमोदन गरेका कारण चाडै पार्टी एकता हुने बताएका छन् ।
काठमाडौं क्षेत्र पाँचबाट प्रतिनिधिसभा र प्रदेशसभामा विजयी गठवन्धनका उम्मेदवारहरुलाई बधाइ दिन शनिवार शंखपार्कमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता प्रकृयामा ढिलाइ नगर्ने बताएका हुन् ।
२०१९ सालबाट विभाजित हुन थालेका वाम पार्टीहरुबीच भएको एकताको प्रयासलाई जनताले नै अनुमोदन गरर दुई तिहाई नजिक मत आएको प्रचण्डले बताए ।
देशमा राजनीतिक स्थायित्वको थालनिका लागि वाम गठवन्धन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्राविधिक कारणले मात्र निर्वाचन अघि पार्टी एकता गर्न नसकिएको तर्क गरे ।
‘प्राविधिक कारणले निर्वाचन अघि पार्टी एकता गर्न सकिएन’प्रचण्डले भने,‘आम पार्टी पंक्तीले यसलाई आत्मसाथ गरेका छन् र जनाताले वाम गठवन्धनलाई अनुमोदन गरेका छन् अब पार्टी एकता चाडै हुन्छ ।’
उनले जनताले अनुमोदन गरे अनुसार नै वाम गठवन्धनलाई अन्तिम रुप दिएर अघि बढ्नुको कुनै विकल्प नभएको बताए । कसैको मत र सीटक कम वा वढी आएको विषय प्राविधिक भएको बताउँदै प्रचण्डले यो मत दुई पार्टीको फ्युजनबाट मात्र सम्भव भएको बताए ।‘
एमालेको सहयोग माओवादीलाई र माओवादीको सहयोग एमालाई नभइ वाम गठवन्धन दुई तिहाइ नजिक पुग्न सक्दैन थियो’ प्रचण्डले भने ।
वाम गठवन्धनले अब विकासका कामलाई प्राथमिकता दिने भन्दै प्रचण्डले आगमी दिनमा बृद्धिको नयाँ युगको सुत्रपात गर्ने एतिहासिक अवसर प्राप्त गरेका गरेको भन्दै त्यसालाई चुक्न नदिने दाबी गरे ।
काठमाडौं क्षेत्र नम्बर पाँचबाट वाम गठवन्धनका लागि एमालेका महासचिव इश्वर पोखरेल कांग्रेस उम्मेदवार प्रकाशशण महतलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यस्तै प्रदेशसभा तर्फ क प्रदेशमा वाम गठवन्धनका लागि एमाले उम्मेदवार नारायणबहादुर सिलवार र ख प्रदेशमाएमालेकै दीपक निरौला निर्वाचित भएका थिए ।