०१ असार २०८३, सोमबार

वामपन्थी शक्तिको अग्निपरीक्षा शुरु : नेपाल

वामपन्थी शक्तिको अग्निपरीक्षा शुरु : नेपाल

काठमाडौँ, १ पुस -नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिएका छन्  । 

काठमाडौँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत पेप्सीकोला टाउन प्लानिङमा विजय जुलुसपछि आज आयोजित सभामा नेता नेपालले संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेको परिस्थितिलाई गन्जागोल नबनाई आफैले बनाएको नियमलाई पालना गर्न काँग्रेसलाई आग्रह गरे  । 

पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनलाई जनताले दिएको साथको सम्मान गरी काँग्रेसले जनमतको कदर गर्नु आवश्यक रहेको बताउँदै काँग्रेसले प्रतिपक्षमा रही रचनात्मक सहयोग गरेमा आफूहरुले उसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पारे । 

वामपन्थी शक्तिको अग्निपरीक्षा शुरु भएको बताउँदै उनले  ढिलासुस्ती र काम नगर्ने प्रवृत्तिको अन्त्य गरी सुशासनको प्रत्याभूति दिने गरी गठबन्धनको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए  । 
 

salt training

कमेन्ट गर्नुहोस्