२८ असार २०८३, आइतबार

खैरो हिरोइनसहित ७  पक्राउ

पुस ५, २०७४
खैरो हिरोइनसहित ७  पक्राउ

धनगढी, ५ पुस - टीकापुरस्थित इलाका प्रहरी कार्यालयले लागुऔषध खैरो हिरोइनको कारोबारमा संलग्न सातजनालाई पक्राउ गरेको छ । 

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले उनीहरूबाट ४७ ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिए  । 

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिकाका खगेन्द्र गिरी, वीरबहादुर चौधरी, धनगढी उपमहानगरपालिका, जुगेडा गाउँका उदय थापा, काठमाडौंका सन्तोष शाही, कर्मा शेर्पा, दीपेश स्याङ्बो तामाङ र नविन लामा तामाङ छन् । 

काठमाडौं घर ठेगाना भएका चारजनालाई काठमाडौं प्रहरीको समन्वयमा टीकापुरबाट गएको प्रहरी टोलीले र अन्य तीनजनालाई कैलालीमै पक्राउ गरिएको हो । 

भारतबाट लागुऔषध लिएर टीकापुरको बाटो हुँदै काठमाडौँ पठाउन खोजिरहेका उनीहरुलाई तीन दिनअघि पक्राउ गरिएको हो । पक्राउ परेका सातैजनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्