
काठमाडौं, ६ पुस– वैदेशिक रोजगार विभागले वैदेशि रोजगारीका क्रममा समस्या परेकाका लागि अनलाइन प्रणालीमार्फत उजुरी लिनसक्ने सफ्टवेयरको शुभारम्भ गरेको जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर विभागले उक्त सेवा शुभारम्भ गरको हो ।
विभागका निर्देशक एवं प्रवक्ता मोहन अधिकारीका अनुसार अनलाइन श्रमस्वीकृतिमा नसमेटिएका र अवैधानि बाटो हुँदै विदेश गएकाको यस सफ्टवेयरमा उजुरी नै सर्पोट गर्दैन । यो सेवा अनलाइनबाट श्रमस्वीकृति लिएर गएकाले मात्रै लिन सक्दछन् । अब वैदेशिक रोजगारका क्रममा समस्या परेकाले उजुरी गर्नका लागि विभाग आइराख्नु पर्दैन, गोरखापत्रमा खबर छ ।