
सुनसरी, ७ पुस— क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया जातको पोथी माछालाई भालेमा परिणत गर्ने सफल अनुसन्धान गरेको छ ।
वर्षमा ६ देखि ७ पटकसम्म भुरा उत्पादन गर्दा पोथीको बृृद्धिविकास कम हुने समस्याको निदान गर्न केन्द्रले यो जातको पोथी माछालाई भाले बनाउने अनुसन्धान सुरु गरेको थियो ।
कान्तिपुर दैनिक लेख्छ—सन् १९८५ मा थाइल्याण्डबाट बिउ आयात गरिएको टिलापिया जातको माछाको पोथीलाई भाले बनाउने अनुसन्धान सफल भएको मत्स्य अनुसन्धान शाखाकी मत्स्य वैज्ञानिक उमिता शाहले बताइन् ।
माछाको दानामा ६० एमजी एन्टी हर्मोन सेभेन्टिन अल्फा मिथाइल टेस्टोन टिएन २१ दिनसम्म खुवाउँदा ९५ देखि ९९ प्रतिशतसम्म पोथी माछा भालेमा परिणत भएको शाहले बताइन् ।