
काठमाडौं ७ पुस– शुक्रवार बिहान पौने १० बजेको समयमा काठमाडौंको कोटेश्वरमा केही सर्वसाधारण आकाश तर्फ हेरेर ‘रकेट रकेट’ भन्दै चिच्चाए । यो धुवाको रेखा थानकोट माथिसम्म देखिएको थियो ।
नेपालको विमानस्थल माथिबाट लामो धुवाको धर्सो देखियो । तर नेपाली आकासमा देखिएको धुवाको धर्सो कुनै रकेट भने थिएन ।
नेपालबाट दिल्ली हुँदै भुटान जान लागेको ड्रुक एयसलाइन्सको विमानले ओभर फ्लाई गर्दा त्यस्तो धुवाको धर्सो देखिएको थियो । ‘कुनै विमानले ओभर फ्लाई गर्दा छाडेको हावाले त्यस्तो धुवाको धर्सो जस्तो देखिन्छ’ त्रिभुवन
विमानस्थलका प्रवक्ता प्रेम नाथ ठाकुरले लोकान्तरसँग भने, ‘भुटानको डु्रक एयरलाइन्सले ओभर फ्लाई गर्दा त्यस्तो देखिएको रहेछ ।’ 




