२८ जेठ २०८३, बिहीबार

अमेरिकाको नयाँ सुरक्षा रणनीतिमा रसियाको आयो यस्तो प्रतिक्रिया

पुस ७, २०७४
अमेरिकाको नयाँ सुरक्षा रणनीतिमा रसियाको आयो यस्तो प्रतिक्रिया

रसिया, ७ पुस - रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले  हालै सार्वजनिक गरेको सुरक्षा रणनीतिलाई शुक्रबार ‘आक्रामक’ भन्दै यसको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने बताएका छन्  । 
रसियाली नेता पुटिनले भने , “यसै साता अमेरिकाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा नीति सैनिक भाषामा भन्नुपर्दा ‘साँच्चिकै आक्रामक’ छ । हामीले यसको व्यवहारिक प्रतिक्रिया दिनेछौँ ।” 
रसियाली नेता पुटिनले खासगरी अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को यूरोपमा उपस्थिति बढाउने भन्ने बिषयप्रति लक्षित गर्दै भने,“मस्कोले आफ्नो सार्वभौम शक्तिको संरक्षण गर्न र विश्वको आफूप्रतिको चासोलाई कायम राख्न शक्तिशाली आधुनिक सेनाको निर्माण गर्नेमा प्रयासरत रहेको छ ।” 

रसिया विश्वको नेतृत्व गर्न सक्षम मुलकका रूपमा रहनेछ र केही भूभागमा नेतृत्वदायी भूमिका प्रदान गरिरहेको छ, रसियाली राष्ट्रपतिले भने  । नयाँ युग अनुसार निर्माण भएको रसियाली सेनाले आफ्नो स्वाभिमान कायम राख्न रसियाको पक्षमा काम गर्ने उनले बताए  । 
“हामीले पहिले रसियाली सीमा र यूरोप, जहाँ नेटोको सैन्य संरचना छिट्टै बिस्तार हुँदैछ,मा विश्व शक्ति सन्तुलनलाई कायम राख्न आवश्यक सुधारलाई अवलम्वन गर्नुपर्छ ।” 
नेता पुटिनले सन् १९८७ यता ‘इन्टर्मेडियट न्यूक्लियर फोर्सेस’ (आइएनएफ) सन्धिको अमेरिकाले उल्लङ्घन गरेको बताए  । सन्धिमा छोटो तथा मध्यम दुरीका सबै प्रकारका आणविक तथा परम्परागत क्षेप्यास्त्रलाई रोक्ने सहमति भएको थियो । 
मस्कोले पोल्याण्ड र रोमानियामा रहेका ‘यूएस प्याट्रियट मिसाएल सिस्टम’ रसियामाथि आक्रमण गर्न बनाइएका हुनसक्ने आरोप लगाएको छ । 
वासिङ्टनले पनि मस्कोद्वारा उक्त सन्धिको उल्लङ्घन गरेको दावी गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्