०४ साउन २०८३, सोमबार
मेयर हुँदा गैरकानूनी सम्पत्ति आर्जन

कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ३ करोड बिगो

मंसिर २८, २०८२
काठमाडौं
कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ३ करोड बिगो

नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गोकर्णेश्वर नगरपालिकाका पूर्व प्रमुख समेत रहेका चालिसेले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको जिकिरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चालिसे, उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर र सन्दीप तथा बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएर मुद्दा पेश भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले लोकान्तरलाई जानकारी दिए ।

प्रतिनिधिसभामा चालिसे काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । संसद विघटन हुनुअघिसम्म उनी अर्थ समितिको सभापति समेत रहेका थिए ।

 चालिसेको नाम आगामी चुनावका लागि कांग्रेस उम्मेदवारका रूपमा काठमाडौं ३ बाट एकल सिफारिश भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्