२५ जेठ २०८३, सोमबार

प्रचण्ड बिहानैै सडकमा, पाँच किलोमीटर हिडे

प्रचण्ड बिहानैै सडकमा, पाँच किलोमीटर हिडे

चितवन, ८ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान एकाएक सडकमा देखिए । स्वास्थ्यलाई सन्तुलित राख्न सम्भव भएसम्म मर्निङ वाक र नभए टेबुल टेनिस खेल्ने गरेका उनी बिहानै मर्निङ वाकमा निस्किएका हुन् । 

प्रचण्डले चितवनस्थित राजमार्गमा करिब पाँच किमी लामो मर्निङ वाक गरेका छन् । नेपाल जेसिसको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न चितवनबाट भैरहवाका लागि निस्किएका उनले पुल्चोकदेखि गैंडाकोटको थुम्सीको जङ्गल अघिसम्म राजमार्गमा पाँच किमी लामो मर्निङ वाक गरेका हुन् ।

यसअघि हिजो साँझ पनि प्रचण्ड नारायणी किनारमा इभिनिङ वाकमा देखिएका थिए । कालो ओभरकोट, कालो पाइन्ट र कालै भादगाउँले टोपी लगाएका उनी पत्नी सीता दाहाल र परिवारका अन्य सदस्यसहित नारायणी किनारमा केहीबेर घुमे ।

salt training

कमेन्ट गर्नुहोस्