२८ जेठ २०८३, बिहीबार

ट्रिपरको ठक्करबाट सुकेधारामा एक युवक को मृत्यु

ट्रिपरको ठक्करबाट सुकेधारामा एक युवक को मृत्यु

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं. ३ स्थित सुकेधारामा आज बिहान १० बजेर १५ मिनेट जाँदा ट्रिपरको ठक्कर बाट २२ बर्षीय युवकको घटनास्थलमानै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

एकै दिशाबाट नारायणगोपाल चोक तर्फ आइरहेको बा ४ ख ६२७० नम्बरको ट्रिपरले बा ३४ प ४३८१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा गोर्खा जिल्ला फुजेल -७  घर भई बालाजु बस्दै आएका सन्तोष श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो । घाईते निरज राउत को टिचिंग हस्पिटलमा उपचार भईरहेको छ ।ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्