२० असार २०८३, शनिबार

एक–दुई जनाले विरोध गरेर पार्टी एकता रोकिदैन : प्रचण्ड

एक–दुई जनाले विरोध गरेर पार्टी एकता रोकिदैन : प्रचण्ड

भैरहवा, पुस ८– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले विरोध वा  अवरोध गरेर एमालेसँगको पार्टी एकता नरोकिने स्पस्ट पारेका छन् । 

भैरहवामा आयोजित कार्यक्रममा प्रचण्डले एकताप्रति सवै इमान्दार भएको भन्दै एकता हुँदैन भन्दै आशंका नपाल्न आग्रह गरे । उनले पार्टी एकताको विरोध गर्नेहरु र मननपराउनेहरु छुट्ने दाबी गरे । 

‘एक/दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन ।’ प्रचण्डले भने,‘शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन । कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन् ।’

एकता हुन नदिने तत्वले दुई पार्टीबीच एकता नहुने हल्ला फिँजाएको भन्दै प्रचण्डले एकता प्रति दुवै पार्टी इमान्दार भएको भन्दै गम्भीर छलफल गरेर एकता टुग्याउने बताए । ‘हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं।’ प्रचण्डले भने,‘एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् । बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस्।“

प्रचण्ड र चक्रपाणि खनालको सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने प्रचण्डले बताए । 

उनले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेको बताए । सञ्चारमाध्यमहरुमा माओवादीका समानुपातिक सांसदको सूची आएपछि प्रचण्डले यसबारे पार्टीले कुनै निर्णय नलिएको बताएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्