×

NMB BANK
NIC ASIA

काठमाडौंका लागि अति सहज मानिने मैतिदेवीको बसाई उसका लागि भने अली असहज बनिरहेको थियो । ऊ बिहान महाराजगञ्जमा काम गथ्र्र्योें, अनि अपरान्हदेखि झण्डै रातिको दश बजेसम्म नै बागबजारमा काम गर्नुपथ्र्यो । रातिको समय ऊ एउटा छापाखानामा काम गथ्र्यो रे । काठमाडौंको मैतिदेबीमा मैले बस्ने घरकै तल्लो तल्लामा बस्थ्यो ऊ ।

Muktinath Bank

शनिबारको दिन म बिहानै डेराबाट निस्के । पुषको चीसोले कठ्याङ्ग्रिएको काठमाडौं, निकै चीसो थियो । मैतिदेबी देखि पुतलीसडक हुँदै बागबजारसम्मैको पैदलयात्रामा थिए म । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागबजार कृषि विकास बैंक छिर्ने बाटो छेवैमा पुग्दा अनौठो दृष्य देखें ।  एउटी २०/२२ वर्षकी जस्ती देखिने पातलो कम्मर भएकी एक युवती बिजुली पोल समातेर जोडले विदुर विदुर भन्दै नाम लिएर चिच्याइरहेकी थिई । एक छिन अचम्म परेर उभिरहें ।


Advertisment
Nabil box
Kumari

बिहानै यो चिसो समयमा कुन विदुरको खाँचो परेछ, मलाई जान्न ईच्छा भयो । ऊ चिच्याइ नै रहेकी थिई । त्यतिबेलै छेवैको एक गल्लीबाट परिचित अनुहार देखियो । मैले चिनेको अनुहार नै पनि ठम्याउन सकिन । तर त्यो मान्छे ती युवतीतिरै आइरहेको थियो ।  म पनि सडक पारी गए । नजिकै पुग्दा त्यो परिचित अनुहार मेरै घरमा बस्ने युवकको थियो, तर उसको नाम विदुर हो भन्ने मलाई थाहा थिएन । ऊ सरासरका ती केटीको छेउमा पुग्यो र जोडले आफ्ना दुबै हात बजायो । म अचिम्मित भएर हेरिरहें, सायद विदुरले त्यतिबेलासम्म म भएको ख्याल गरेको थिएन क्यारे । 

Vianet communication

ती युवती पड्किहालिन्, ‘मलाई त्यही १५ हजारको गाउन चाहिन्छ ।’

अहो ! कस्तो अचम्म केही ठूलै गल्ती गरेछ कि विदुर भनेको त १५ हजारको गाउनका लागि पो त्यत्रो जात्रा रहेछ । उसको जोड जोड चिच्याहटले त्यहाँ १०÷१५ जनाको भिड लागिसकेको थियो । विदुरको अनुहारमा लाज, डर र रिसले एकैचोटी देखिएको थियो ।  

यत्तिकैमा उसले ‘ल हिड्’ भन्दै हात तानेर लग्यो, भिड पनि तिरिबितर भयो । त्यतिबेलै एकजना अर्की युवती त्यही पोलनेर आइपुगी र सोधी, ‘दिदी, के भएको रहेछ ?’

मैले भने, ‘खै केही बुझिन मैले पनि’

उनले लगत्तै जवाफ दिईन्, ‘यिनीहरुलई मैले चिनेको छु साथी हुन् ।’

मेरो मनले हतार गरिसकेको थियो, उनिहरुको सम्बन्धको बारेमा जान्न । 

तर मैले सामान्य जवाफ दिए, ‘ए....’

लगत्तै उसले एउटा अफर गरी, ‘फुर्सद छ भने चिया पिउँ न’

जाडोको समय बिहानको यात्रामा खास बेफुर्सद पनि थिएन, त्यसैमाथि विदुरबारे जान्न मन लागेको थियो, मैले ‘हुन्छ’ भनिदिएं । छेकै तन्दुरी भोजनालयमा गएर कालो चियाको अर्डर दियौं । 

मैले नै सुरु गरें, ‘उनिहरुलाई कसरी चिन्नुभएको ?’

उसको उत्तर थियो, केटी मेरो कलेजकै साथी हो, केटो उसको व्याइफ्रेण्ड, तर, आजको झगडाबारे थाहा छैन’

‘ए’ मेरो मन खिन्न भयो, यत्ति त मैले अघि नै बुझिसकेको थिएं, के काम भो र ।

एक छिनमा उसले हात दिँदै आग्रह गरी, ‘परिचय गरौं न... मेरो नाम सन्ध्या’

मेरो उत्तर, ‘म मधु’

उसले सुरु गरी, ‘मधु जी, यो केटीको जीवन देख्दा नि उदेक लाग्छ..., ऊ धनीको छोरी हो, अनि धनीको श्रीमती पनि तर उसले सबैसँग पैसाको लागि झगडा गर्दै हिड्छे ।’

म छक्क परे, फ्याट्टै सोधें, ‘उसको श्रीमान पनि छ ?’

‘छ नि किन नहुनु, उसलाई साह्रै सम्मान गर्छ’

‘यसरी झगडा परेको उसले थाहा पाउँदैन ?’

‘मधु जी यो केटी नै यस्तै हो’ यत्ति भन्दै उ अलीकति मुस्कुराई र भनी, ‘उसको एउटा आफ्नै सिद्दान्त छ सुन्नुहुन्छ ?’

‘हुन्छ सुनौं न’

‘जीवन महाउत्सव हो, महोत्सवमा कयौं कलाकारले गीत गाए पनि हिट नभएझैं मेरो जीवनका यी चार कलाकारमध्ये एक जना हीट हुनेछ, त्यसैलाई म अँगाल्नेछु ।’

उसले लगत्तै भनी, ‘यो कुरा पटकपटक भनिरहन्छे..’

‘उसको श्रीमानलाई नि ?’

‘उसको प्रेमी, ब्याईफ्रेण्ड, नजिकको साथी र जीवन साथी छुट्टाछुट्टै छन्, उ सबैलाई यसरी घुक्र्याउँछे, पैसा माग्छे, सामान किन्न लाउँछे र मोज गर्छे, श्रीमानलाई पनि यस्तै... विदुरको त उसको व्वाईफ्रेण्ड हो ।’

म अचम्मित भएं, कस्तो परिवर्तन भइसकेछ समाज, कतिपय केटाहरुले गर्ने काम ऊ आफै गर्दिरहिछ, बिकृतिसँगैको परिवर्तन पनि हो नि, आफैले चित्त बुझाए ।

उसको बोलीले झस्के, ‘उनिहरुको सँगत गरे त तपाई सोच्दासोच्दै हैरान पर्नुहुन्छ होला ।’

मैले हाँसेर टारिदिएं ।

एकछिनपछि मैले नै सोधे, ‘विदुर कस्तो छ ?’

‘ऊ त निकै लगनशील केटो हो, उसलाई निकै माया गर्छ, उसकी पे्रमिका पो उ त ! हप्ताको एक दिन भेट्यो यी यस्तै तनाव, विचरा !’

ऊ चिन्तित जस्तै देखिई, एकैछिन मौन बसेर भनी, ‘हुन पनि जीवन मस्तीमै चलाउनुपर्ने रहेछ, त्यसको जीवनशैली हेर्नुस् न, हप्तामा महंगा लुगा किन्छे, आफ्नो जीवनमा चार जनालाई प्रयोग गरेकी छे ।’

मलाई पनि लाग्यो, पुरुषप्रधान भनिएको हाम्रो समाजमा अचेल नारी अधिकारका कुरा अत्यधिक गरिन्छन्, हो, त्यहि अधिकार शब्दको परिभाषा स्पष्ट नभई मानिसहरु यस्तो बिकृति गरिरहेका छन् । तर, जीवन त एक महाउत्सव हो नि जसलाई जसरी मज्जा लाग्छ त्यसरी जिउने हो ।

‘मधु जी !’ म झस्याङ्ग भए र भनें ‘हजुर’

‘तपाई विदुरलाई चिन्नुहुन्छ ?’

‘ए म बस्ने घरमै बस्छ तर चिनजान थिएन ।’

यत्तिकैमा चिया आयो । चिया पिउदा खासै बोलचाल भएन ।

चिया पिइसकेपछि उसले मेरो नम्बर मागी, मैले पनि दिए र उसको पनि मागें । 

चिया पसलबाट हामी बाहिर निस्कदा विदुर बाटो छेउमा उभिरहेको थियो । 

मलाई देखेर झस्याङ्ग भयो, सायद सन्ध्यालाई देखेर हो कि ! मेरो मनमा कताकता नरमाइलो लाग्यो तर मैले नजानेझैं भनें, ‘तपाई यता ?’

विदुरको सिधा उत्तर थियो, ‘दिदी मैले आजदेखि कोठा छोडे, सायद यो हाम्रो अन्तिम भेट होला ।’

मनमा सयौं प्रश्नको ओइरो लाग्यो तर विदुरलाई केही नसोधी एउटै कुरा भने, ‘कहिलेकाहीं आउनु नि !’

‘हुन्छ समयले अह्राएसी पक्का आउनेछु ।’

यत्ति भन्दै विदुर सरासर रत्नपार्कतिर हान्नियो । 

नयाँ बनेकी साथी सन्ध्यासँग म पनि छुट्टिए ।

यो प्रविधिको जमानामा अब महिला र पुरुषले आफ्नो प्रयोगका लागि मात्रै एक अर्कालाई प्रयोग गर्नेछन् अनि डरलाग्दो गरी मानवीय समवेदना पनि हराउनेछ, यही उदाहरण विदुर र उसकी पे्रमिकाको सम्बन्ध पनि होला हगि !

म त्यतै अल्मिलिएं ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x