३० असार २०८३, मंगलबार

विश्वका १५५ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

विश्वका १५५ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

काठमाडौँ, ८ पुस– पश्चिम युरोपेली मुलुक लिक्टेन्सटिनसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । 

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपाल र लिक्टेन्सटिनका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र क्रिष्चियन वेनाविसेरले हस्ताक्षर गरे । 

राष्ट्र संघको प्रधान कार्यालयमा आज आयोजित समारोहमा दुवै मुलुकका राजदूतले उक्त दस्तावेजमा हस्ताक्षर गरेका न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । 

उक्त नियोगका अनुसार नेपाल र लिक्टेन्सटिनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई दिइएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध १५५ मुलुकसँग विस्तार भएको छ । 

उक्त देश क्षेत्रफल र जनसंख्याका आधारमा विश्वका अत्यन्त साना राष्ट्रमध्येको एक हो । लिक्टेन्सटिन १६० वर्गफिटमा फैलिएको छ भने सन् २०१५ को जनगणनानुसार त्यहाँको जनसंख्या ३७ हजार ३४० रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्