२५ जेठ २०८३, सोमबार

५ नम्बर प्रदशेको राजधानी बुटवल र दाङको बीचमा

५ नम्बर प्रदशेको राजधानी बुटवल र दाङको बीचमा

काठमाडौँ, ८ पुस– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य सुदर्शन बरालले ५ नं प्रदेशको राजधानी बुटवल वा दाङ बनाउने भनेर प्रतिष्ठाको विषय नबनाउन आग्रह गरेका छन् । 

सो प्रदेशको राजधानीका विषयमा वाम गठबन्धनका राष्ट्रियस्तरका नेताहरुबीच फरकफरक धारणा आइरहेका बेला गुल्मी–काठमाडौँ सम्पर्क मञ्च र गणतान्त्रिक जनसम्पर्क मञ्चले आज राजधानीमा  आयोजना गरेको सम्मान कार्यक्रममा बरालले सबैलाई पायक पर्ने र सुविधा भएको स्थानमा राजधानी तोकिने दाबी गरे । 

बुटलव र दाङका बारेमा विवाद बढेमा बीच स्थानतिर राजधानी हुन सक्ने पनि उनले बताए । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई सो प्रदेशको राजधानी बनाउने उद्घोष गर्दै आएका छन् । 

बरालले भने, ‘अहिले अस्थायी तोकिन्छ, भोलि प्रदेशसभाले अध्ययन गरी उपयुक्त स्थान जहाँ छ त्यहाँ निर्धारण गर्छ ।’ उनले एमाले–माओवादीबीचको एकता जनताबाट अनुमोदन भइसकेकाले चाँडै निष्कर्षमा पुर्याउनुपर्नेमा पनि जोड दिए ।  

salt training

कमेन्ट गर्नुहोस्