२२ असार २०८३, सोमबार

फेरि मन्त्रालयको संख्या बढाउन लबिङ

पुस ९, २०७४
फेरि मन्त्रालयको संख्या बढाउन लबिङ

काठमाडौँ, ९ पुस- केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ । नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन् । मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका निजामती कर्मचारी बढी सक्रिय भएका छन् । मन्त्रालयको संख्या बढाउन सके प्राविधिक समूहका कर्मचारीतर्फको सचिव हुनेको संख्या बढ्ने र चाँडो अवसर आउने भएकाले उनीहरूले मन्त्रालयको संख्या वृद्धिमा जोड दिएका प्रधानमन्त्री कार्यालय स्रोतलाइ उदृत गर्दै नयाँ पत्रिकाले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्