०२ असार २०८३, मंगलबार

सुमार्गीको २२ अर्ब अवैध, मुद्दा प्रक्रिया अघि बढाउन भने आलटाल

पुस ९, २०७४
सुमार्गीको २२ अर्ब अवैध, मुद्दा प्रक्रिया अघि बढाउन भने आलटाल

काठमाडौं, ९ पुस– व्यापारी अजयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्ब भन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको खबर कान्तिपुर  दैनिकमा छापिएको छ । 
सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का अधिकारीले गरेको अनुसन्धानले विदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको सबै रकम अवैध रहेको पुष्टि गरेको हो । उक्त अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न , विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउन भने आलटाल भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्