२९ जेठ २०८३, शुक्रबार

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक मंगलवार बस्ने

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक मंगलवार बस्ने

काठमाडौं, ९ पुस–  शनिवार नै बस्ने भनिएको नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक मंगलवारका लागि सरेको छ । पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि शनिवार बस्ने भनएिको एमाले र माओवादीको एकता संयोजन समितिको बैठक स्थगित भएको थियो । 

मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ फर्कन नसकेपछि शनिवारको बैठक स्थगित गरिएको थियो । 

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्कने कार्यक्रम स्थापित भएपछि पार्टी एकता संयोजन समितिको बैठक शनिवारलाई स्थगित गरिएको थियो । 

शनिवार स्थगित भएको बैठक अब मंगलवार बस्ने जनाइएको छ । दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा शीर्ष नेता पुगेको बताइएको छ । 

पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आशयको निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्