२८ जेठ २०८३, बिहीबार

एमाले र माओवादीको एकता अन्तिम चरणमा पुगिसक्यो : प्रचण्ड

एमाले र माओवादीको एकता अन्तिम चरणमा पुगिसक्यो : प्रचण्ड

चितवन, ९ पुस–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । 

नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज यहाँ निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद प्रचण्डले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताए । 

एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उनले भने, ‘दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन । हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन ।  संगठन मिलाउँदा कठिन हुने जटिलताको विकल्प आफूहरुले सोचिसकेको बताउँदै प्रचण्डले भने, ‘पछि हट्ने विकल्प छैन ।’ 

उनले हिजो (शनिवार) र आज (आइतवारँ) बिहान पनि आफूले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कसरी छिटो पार्टी एकता गर्ने भन्ने विषयमा छलफल गरेको जानकारी दिए । 

उनले राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव नभएको पनि बताए । विपक्षमा रहने काँग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने उनको भनाइ थियो । उनले भने, ‘काँग्रेसको प्रतिनिधित्व नहुँदा वामपन्थीका लागि पनि खुशीको कुरा होइन, प्रतिपक्ष सहभागी हुँदा बहस र छलफलले जीवन्तता लिन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्