२८ जेठ २०८३, बिहीबार

सेवाग्राहीसँग घुस लिदै गर्दा यातायात कार्यालय सुकेधाराका दुई कर्मचारी पक्राउ

सेवाग्राहीसँग घुस लिदै गर्दा यातायात कार्यालय सुकेधाराका दुई कर्मचारी पक्राउ

काठमाडौँ, ९ पुस -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई रु ३२ हजार घुससहित आज पक्राउ गरेको छ । 

आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका नायब सुब्बा पोडैल र खरिदार पोख्रेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्