१४ असार २०८३, आइतबार

बलात्कार गरी बुहारीको हत्या गर्ने वृद्ध जेल चलान

पुस १०, २०७४
बलात्कार गरी बुहारीको हत्या गर्ने वृद्ध जेल चलान

जनकपुर, १० पुस– बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धुनषाले एक बृद्धलाई जेल चलान गरेको नयाँ पत्रिकामा खबर छापिएको छ । ८ मंसिरमा जनकपुर उपमहानगरपालिका २किशोर नगर बस्ने ६२ वर्षीय देबनारायण ठाकुरले आफ्नै २२ वर्षीया कान्छी बुहारी रञ्जना शर्मालाई घरमै बलात्कार गरी हत्या गरेका थिए । बुहारीलाई बलात्कार गरी हत्या गरेको आरोपमा अदालतले ठाकुरलाईजेल चलान गरेको हो । 
अदालतले सासु सुमित्रादेबी शर्मालाई तारेखमा रिहा गर्न पनि आदेश दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्