
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई मार्ने धम्की दिएपछि फरार रहेका प्रकाश पाठक पक्राउ परेका छन् ।
काभ्रेका पाठक फिलिपिन्सको मालोलोसबाट पक्राउ परेका हुन् । ३३ वर्षीय पाठकलाई डिसेम्बर ३१ मा बुलाकान प्रान्तको मालोलोस सिटीस्थित पासेओ दे कङ्ग्रेसो, बाराङ्गाय क्याटमनबाट पक्राउ गरिएको फिलिपिन्सको अध्यागमन ब्यूरो (बीआई)ले जनाएको छ ।
पाठकविरुद्ध जबर्जस्ती असुली र आपराधिक षडयन्त्रको आरोपमा डिसेम्बर १२ मा इन्टरपोल डिफ्युजन समेत जारी गरिएको थियो ।
आफूसँग भारतीय राहदानी रहेको दाबी गर्ने पाठक भारतमै लुकेर बसेको आशंका प्रहरीको थियो ।