२८ जेठ २०८३, बिहीबार

अष्ट्रेलियाका धनी नेपाली शेष घलेले गरे यस्तो घोषणा

अष्ट्रेलियाका धनी नेपाली शेष घलेले गरे यस्तो घोषणा

काठमाडौं, १० पुस– अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवनका  लागि गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङले दुई लाख ८ सय अठासी डलर प्रदान गर्ने घोषणा  गरेका छन् । 
सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रममा पुगेर उनले यस्तो घोषणा गरेका हुन् । ‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विश्वास लिएको छु, उनले भने । 

यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने उनको भनाइ छ । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफूले सधै विश्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्