२४ जेठ २०८३, आइतबार
बहसमा कांग्रेस विशेष महाधिवेशन

बानेश्वरको त्यो 'खोला', गगन–विश्वको आजको वेग र भोलिको कांग्रेस

पुस २३, २०८२
काठमाडौं
बानेश्वरको त्यो 'खोला', गगन–विश्वको आजको वेग र भोलिको कांग्रेस

सत्ताउन्मादमा रहेका बेला शेरबहादुर देउवाले २०५९ असोजमा नेपाली कांग्रेस विभाजनका लागि विशेष महाधिवेशन बोलाएका थिए । गिरिजाप्रसाद कोइरालालाई हटाउने उद्देश्यसहितको महाधिवेशन अहिले खरानी भएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बोलाइएको थियो ।

देउवा पक्षले कोइरालालाई पार्टी सभापतिबाट हटाएको निर्णय गरेपछि कांग्रेस विभाजनका लागि हर्ताकर्ता बनेका विजयकुमार गच्छदारलाई पत्रकारले सोधे– 'पार्टी विधानको कुन धारामा टेकेर गिरिजाप्रसादलाई सभापतिबाट हटाउनु भयो ?'

त्यो बेलाका बाहुबली गच्छदारको जवाफ थियो– ‘यहाँ यत्रो खोला नै बगेको देख्नुभएन ? केको धाराको कुरा गर्नुहुन्छ ?’ देउवा नेतृत्वको बाहुबली समूहलाई विधानको धारासँग मतलब थिएन, उनीहरूलाई एउटै कुराको मतलब थियो– त्यो हो सत्तामा टिकिराख्ने तिकडम ।

२०५९ सालमा कांग्रेस विभाजन गर्ने बेला देउवा ६० वर्षपनि पुगेका थिएनन् । कांग्रेसमा त्यो उमेरलाई ‘युवा नेता’ भन्ने चलन थियो । देउवालाई पार्टी विभाजनका लागि उक्साउने झुण्डमा थिए– खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले र  विमलेन्द्र निधि । यो झुण्ड यति उदण्ड थियो कि, विरोध गर्नेलाई माओवादी आतंककारी देख्थ्यो । विधानविपरीत गरेको देउवाको त्यो कामलाई निर्वाचन आयोगले मान्यता दिएन, सर्वोच्चले अवैध ठहर गरिदियो ।

null

कांग्रेस विभाजन भएपछि देशले असोज १८, माघ १९ हुँदै लामो सफर गर्‍यो । नेपालमा मूलधारका राजनीतिक दल विभाजन हुँदा या कमजोर हुँदा लोकतन्त्रमाथि आक्रमण भएका उदाहरण छन् । त्यो कालखण्डमा देउवाको सत्ता स्वार्थका कारण देश राजनीतिक दुर्घटनामा परेको थियो ।

सत्ता टिकाउनकै लागि देउवाले प्रतिनिधिसभा विघटन गरे । उनीमाथि प्रजातन्त्र दरबारमा लगेर बुझाएको आरोप पछिसम्म लाग्यो । ‘अक्षम’को टीका लगाई तत्कालीन राजाले देउवालाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे । २०६१ सालमा ‘गोरखाका राजाबाट न्याय पाएँ’ भन्दै देउवा फेरि प्रधानमन्त्री बने । माघ १९ मा दोस्रोपटक अक्षमताको आरोप लगाएर अपदस्थ भए । ५ वर्ष हण्डर खाएपछि पहिलो संविधानसभा निर्वाचनअघि ०६४ सालको असोजमा देउवा कांग्रेसको मूलधारमा फर्के ।

कांग्रेस विभाजनको कलंक पखालेर फर्केपछि देउवा २ पटक पार्टी सभापति बने । तर, कांग्रेस सभापतिबाट अवकाशमा जाने बेला उनी फेरि अर्को कलंकको टीका लगाउन अभिशप्त देखिएका छन् । एउटा लोकतान्त्रिक पार्टीलाई बन्धक बनाएर देउवाले आफ्नो छविमा कालो पोतिरहेका छन् ।

देउवा कांग्रेस रूपान्तरणका लागि यतिबेला खलनायक मात्र बनिरहेका छैनन्, विधानअनुसार बाध्यकारी बनेको विशेष महाधिवेशन बोलाउनेलाई पार्टी विभाजनकारीको आरोप लगाइरहेका छन् । पूर्णबहादुर खड्कालाई नाम मात्रको कार्यवाहक दिएर देउवाले गुप्त स्थानबाट पार्टी चलाइरहेका छन् ।

देशको सबैभन्दा पुरानो पार्टी कांग्रेस यतिबेला अग्रगमन र पश्चगमनको दोसाँधमा फसेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत जनता/मतदातासँग निकट भएर काम गरेको तप्का जनताको चाहनाअनुसार कांग्रेसलाई रूपान्तरण गर्न खोज्दैछन् । पार्टी रूपान्तरण भएको हेर्न चाहने कांग्रेस कार्यकर्ताको परिवर्तनको बेग रोक्नका लागि देउवाले जोडबल गरिरहेका छन् । यो कुरा निश्चित छ कि, क्षणिकरूपमा रोके पनि देउवा सफल हुने छैनन्।

देउवा कांग्रेस रूपान्तरणका लागि यतिबेला खलनायक मात्र बनिरहेका छैनन्, विधानअनुसार बाध्यकारी बनेको विशेष महाधिवेशन बोलाउनेलाई पार्टी विभाजनकारीको आरोप लगाइरहेका छन् । पूर्णबहादुर खड्कालाई नाम मात्रको कार्यवाहक दिएर देउवाले गुप्त स्थानबाट पार्टी चलाइरहेका छन् । गगन थापाले कांग्रेस फुटाउन लागेको भनेर संस्थागत रूपमा अफबाह फैलाइरहेका छन् ।

पढनुहोस् यो पनि:​

अग्रगमन र पश्चगमनको दोसाँधमा कांग्रेस

यदि कांग्रेस फुट्यो भने त्यो देउवाकै कारण फुट्ने छ, समयमा महाधिवेशन नगर्ने र विधानअनुसार बोलाइएको महाधिवेशन पनि गर्न निदिने कुटील चालका कारण ।

गगन–विश्वले लिएको अपरिहार्य सक्रियता

३ वर्षअघि भएको संसदीय दलको नेता छान्ने निर्वाचनमा देउवालाई भोट हालेको मतपत्रको फोटो खिचेर ल्याउन उर्दी जारी गर्ने समूहले विशेष महाधिवेशन रोक्न साम, दाम, दण्ड, भेद सबै हतकण्डा अपनाइरहेको छ ।

महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउनबाट रोक्नका लागि आश्वासन, प्रलोभन र चेतावनी सबै दिइरहेका छन्, तर पनि विशेष महाधिवेशनको पक्षमा प्रतिनिधिको संख्या बढिरहेको छ ।

जिल्ला-जिल्लामा विशेष महाधिवेशनको पक्षमा कार्यकर्ता जुर्मराइरहेका छन् । गगन–विश्वले रोक्न चाहे पनि अब रोक्न नसक्ने स्थिति बन्दैछ, कार्यकर्ताको दबाबका कारण ।

null

पुस २७ गते काठमाडौंमा कति महाधिवेशन प्रतिनिधि आउलान्, त्यो बेग्लै कुरा हो, तर भकारो ओगटेर बसिरहेका कांग्रेसका सामन्तवादका नाइकेविरुद्ध गगन–विश्वले दिइरहेको हाँक चानचुने होइन ।

कार्यकर्ता र जनताको भावनाअनुसार कांग्रेसलाई समयानुकूल बनाउनु या ‘देउवा एन्ड ओल्ड ग्याङ’का अगाडि लाचार बन्नुबाहेक गगन–विश्वका अगाडि अर्को विकल्प पनि थिएन । स्वाभाविक रूपले उनीहरूले प्रगतिशील विचार लिएर विशेष महाधिवेशनको आह्वान गरे ।

पढ्नुहोस् यो पनि:

कांग्रेस बदल्ने गगन–विश्वप्रकाशको हुटहुटी र परिवर्तन रोक्न उद्यत 'श्यामश्वेत' पुस्ता

आफूलाई मध्यमार्गी दाबी गर्ने कांग्रेसको एउटा तप्का चरम अवसरवाद प्रदर्शन गरिरहेको छ । अग्रगमन र पश्चगमनको भीषण संघर्षका बेला विवेकमा बिर्को लगाएर उनीहरू मौन बसिरहेका छन् । देउवाको आशीर्वाद पाउने तृष्णामा उनीहरू पार्टी विधान मिचिएकोमा चुइँक्क बोल्दैनन् ।

विवेक बन्दकीमा राखेर मौन बसिरहेका लाक्षीहरूलाई पनि थाहा नभएको होइन, देउवाको फोटो देखाएर या थोत्रा र थकित भइसकेका अनुहारको नाम बेचेर कांग्रेसले चुनाव जित्दैन । यो वास्तविकता जिल्लामा रहेका कार्यकर्ताले राम्रोसँग बुझेका छन् । मतदाताको बदलिएको चाहना उनीहरूले महसुस गरेका छन् ।

विशेष महाधिवेशनमा सफल/असफल जेसुकै भएपनि गगन–विश्वले राजनीतिक लडाइँ जितेका छन् । समयको पदचाप पच्छ्याउन सकेनन् भने गगनहरू पनि पुरानाको घानमा पर्नेछन् ।

ढिलो चाँडो चुनाव त हुनेछ, त्यो चुनावमा जनताका लागि भोट हाल्ने ठाउँ साँघुरिँदै जानेछ, यदि कांग्रेस–एमालेले आशा लाग्दो नयाँ अनुहारलाई अगाडि सारेन भने । कांग्रेस–एमालेले उचित विकल्प दिन नसकेको अवस्थामा आक्रोशको भोट जता पनि पोखिन सक्नेछ, त्यसले नेपालमा नयाँ खालको राजनीतिक अस्थिरता निम्त्याउने छ ।

यसकारण जरुरी छ कांग्रेस रूपान्तरण

भदौ २३–२४ को घटना, जसलाई क्रान्ति, प्रतिक्रान्ति या विध्वंश जेसुकै भनिए पनि त्यसले नेपालका राजनीतिक दललाई सुधारका लागि जबरजस्त दबाब दिएको छ । जेनजी आन्दोलनको आवरणमा विभिन्न तत्वको घुसपैठ भएपनि यो परिस्थिति निम्त्याउनका लागि ग्राउन्ड बनाएको प्रमुख तीन दल र उनीहरूको नेतृत्वले हो, जसले पछिल्ला दशकमा आलोपालो सरकारको नेतृत्व गरेका थिए ।

भदौ २३–२४ मा नहुनुपर्ने घटना भयो, त्यसले राज्य संयन्त्रलाई नै खल्बल्याइदिएको छ । जलेका भवनमा रंग-रोगन गरिए पनि जनताको मनबाट त्यसको भय र त्रास हटिसकेको छैन, अझै लामो समय रहिरहने छ । आफैँमा शिथिल अर्थतन्त्रले इतिहासमै सबैभन्दा बढी आत्मविश्वास गुमाएको छ । लोकतन्त्र संकटमा छ । गैर राजनीतिक व्यक्तिहरूको सरकार छ । र, चुनाव अझै अनिश्चित छ ।

null

यस्तो अविश्वासबाट देशलाई निकास दिनका लागि पनि राजनीतिक दलहरू रूपान्तरित हुन जरुरी छ । सम्बन्धित दलको कार्यकर्ता मात्र होइन, सबै नागरिकले स्थापित दलहरूबाट सुधारको अपेक्षा राखेका हुन्छन् । जसले भदौ २३ को घटना निम्त्याए, उनीहरूबाट देशमा नयाँ आशा दिलाउने कुरा सम्भव छैन ।

सच्चिन्छौं, इमान्दार बन्छौं भनेर हजार बिन्ती गरे पनि जनताले पत्याउनेवाला छैनन् । ५१ सालमा प्रधानमन्त्री बनेको त्यही व्यक्ति ०८३ सालमा पनि प्रधानमन्त्रीका लागि र्‍याल चुहाउँदै हिँड्ने कुरा जेनजी होइन, त्यस अघि-पछिको पुस्ताले पनि स्वीकार गर्न सक्दैन ।

पढ्नुहोस् यो पनि:

कांग्रेसभित्र सामन्तवादको छटपटी र गगन पुस्ताको अग्निपरीक्षा

ढिलो चाँडो चुनाव त हुनेछ, त्यो चुनावमा जनताका लागि भोट हाल्ने ठाउँ साँघुरिँदै जानेछ, यदि कांग्रेस–एमालेले आशा लाग्दो नयाँ अनुहारलाई अगाडि सारेन भने । कांग्रेस–एमालेले उचित विकल्प दिन नसकेको अवस्थामा आक्रोशको भोट जता पनि पोखिन सक्नेछ, त्यसले नेपालमा नयाँ खालको राजनीतिक अस्थिरता निम्त्याउने छ ।

देशलाई थप अस्थिरतामा जान नदिन र मूलधारका राजनीतिक दलप्रति जनताको भरोसा कायम गर्नका लागि पनि दलहरू सच्चिनु र रूपान्तरण हुनु अनिवार्य छ । देशका सबै समस्याको समाधान गर्न सक्ने छैनन्, तर गगन–विश्वहरूले कांग्रेसको नेतृत्व गर्न पाए भने सुधारको प्रस्थान बिन्दु तय हुनेछ ।

बीपीको नाम भजाएर राजनीतिलाई पेशा बनाइरहेका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले ठण्डा दिमाग बनाएर सोचून्, यथास्थितिमा कांग्रेस चल्न अब सम्भव छैन ।

रूपान्तरण भएन भने कांग्रेसको क्षयीकरणलाई थकित सात भाइहरूले रोक्न सक्ने छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्