११ साउन २०८३, सोमबार

कांग्रेस बैठकमा कुटाकुट, दुइजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

कांग्रेस बैठकमा कुटाकुट, दुइजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

स्याङ्जा १० पुस— चुनावी समीक्षा गर्न बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि स्याङ्जामा नेपाली कांग्रेसका कार्यकर्ताहरुबीच कुटाकुट भएको छ । कुटाकुटमा रामचन्द्र पोडेल समूहका तीनजना कार्यकर्ता घाइते भएका छन् ।

कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङमा आयोजना गरेको समीक्षा बैठकमा भएको छलफल झपडमा परिणत भएको हो । सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकतामाथि आक्रमण गरेका थिए । 

कुटाकुटमा पोडेल समूहका सुशील काफ्ले, भेषराज अर्याल र कमल ढकाल घाइते भएका छन् । घाइतेद्वय अर्याल र ढकाललाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । मंसिर २१ गते भएको चुनावमा सो क्षेत्रबाट उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता गोपालमान श्रेष्ठ पराजीत भएका थिए । 

प्रदेशमा चुनाव लडेका नेविसंघका पूर्व नेता विष्णु पौडेल समूहले आक्रमण गरेको पौडेल समूहले बताएको छ । नेपाली कांग्रेसका पूर्व सांसद राजु थापाले बैठकमा सामान्य हात हालाहाल भएको बताए । ‘पार्टीको बैठकमा छलफल हुँदा सामान्य हातहालाहाल भएको हो, कुनै ठूलो घटना होइन’ थापाले लोकान्तरसँग भने । 

*सन्दर्भ तस्वीर, फाइल फोटो 

salt training

कमेन्ट गर्नुहोस्