२९ असार २०८३, सोमबार

प्रचण्डको आश्वासन- 'त्रिदेशीय साझेदारीका लागि ठोरी-केरुङ मार्ग छिट्टै निर्माण'

प्रचण्डको आश्वासन- 'त्रिदेशीय साझेदारीका लागि ठोरी-केरुङ मार्ग छिट्टै निर्माण'

चितवन, १० पुस -नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उहाँले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा राख्ने भनिए पनि मधेश आन्दोलनका कारण हुन नसकेको बताउनुभयो । 

अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो प्राथमिकता नै ठोरीलाई ३ नं प्रदेशमा गाभ्ने काम हुने बताउँदै यसअघि नै ठोरीलाई प्रदेश नं.३ मा गाभिने सो गाउँपालिकाले सर्वसम्मत निर्णय गरेकाले यसको कार्यान्वयनका लागि सहज भएको धारणा व्यक्त गर्नुभयो । 

नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत सो नाकाबाट भित्रिएको स्मरण गर्दै उहाँले यो नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ, यो निकै छोटो र उत्कृष्ट मार्ग बन्नेछ ।” 

चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवादज्ञापन गर्न जाने क्रममा अध्यक्ष प्रचण्ड ठोरी पुग्नुभएको हो । 

अध्यक्ष प्रचण्डले आजै चितवनको बाँदरझुलाका बासिन्दालाई पनि धन्यवादज्ञापन गर्नुभयो । बाँदरझुलामा आयोजित कार्यक्रममा उहाँले अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै सुकुम्वासी समस्या समाधानका लागि ठोस निर्णय गर्ने बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्