०३ असार २०८३, बुधबार

चार दिनदेखि प्रचण्डको अर्थपूर्ण अलमल

पुस ११, २०७४
चार दिनदेखि प्रचण्डको अर्थपूर्ण अलमल

काठमाडौं, ११ पुस–राष्ट्रियसभा गठन विवाद मिलाउने प्रयासस्वरुप गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलका शीर्ष नेताको बैठक बस्यो । 
बैठकपछि एमाले नेताहरु स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैसेपाटीतिर लागे । तर, वाम गठबन्धनका नेता प्रचण्ड भने चितवनतिर लागे । 
कान्तिपुर दैनिक लेख्छ–प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, प्रचण्डलाई राम्ररी थाहा थियो । त्यसैले एमाले बैठकपछि साँझ अध्यादेशदेखि एमाले माओवादी पार्टी एकतासम्मको विषयमा छलफल गर्ने तय थियो । तर बालुवाटार बैठकपछि हिँडेका प्रचण्ड चार दिनदेखि त्यतै अलमलिएका छन् । उनको अलमलले दुई पार्टीको औपचारिक बैठक समेत बस्न सकेको छैन । महत्वपूर्ण विषय सल्टाउन छाडेर प्रचण्ड किन चार दिनदेखि काठमाडौंबाहिर स–साना कार्यक्रममा अल्झिएका छन् ? 
यसले ‘अड्कबाजीको बजार’मा नयाँ नयाँ आशंका गर्नेलाई बल मिलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्