२६ जेठ २०८३, मंगलबार

मल अभावले बर्दियाका किसान चिन्तित

पुस ११, २०७४
मल अभावले बर्दियाका किसान चिन्तित

बर्दिया, ११ पुस– बर्दियामा रासायनिक मलको चरम अभाव भएको छ । कृषि सामग्री कम्पनीले पर्याप्त मल आपूर्ति गर्न नसक्दा रासायनिक मल अभाव भएको हो ।

जिल्लामै मलको समस्या र अभाव चुलिएपछि बर्दियाका किसान समस्यामा परेका छन् । मल नपाउँदा ग्रामीण गरिब तथा विपन्न किसानलाई गहुँ खेतीमा कठिनाइ परेको गुलरिया नगरपालिका–८ कोठियागाउँकी स्थानीय किसान बबिता चौधरीले जानकारी दिइन् । ग्रामीण किसान कृषि व्यवसायमै निर्भर भए पनि राज्यले कुनै सहयोग नगरेको उनको गुनासो छ । 

बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बाह्रबर्दिया, बाँगगढी नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकाका किसान रासायनिक मलको चरम अभावमा छन् । बर्दियामा गहुँ खेतीका लागि तीन हजार ४ सय मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर  कृषि सामग्री कम्पनीले गहुँको सिजनमा दुई हजार एक सय ३८ मेट्रिक टन युरिया मल वितरण गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्