२५ असार २०८३, बिहीबार

कञ्चनपुरमा बढ्यो घरेलु हिंसा, मानवअधिकार उल्लंघनका ७५ घटना

पुस ११, २०७४
कञ्चनपुरमा बढ्यो घरेलु हिंसा, मानवअधिकार उल्लंघनका ७५ घटना

कञ्चनपुर, ११ पुस– इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् । इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । 

सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सातवटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले बताए । उनका अनुसार बलात्कारका तीन, बहुविवाहको एक, सम्पत्ति क्षतिका आठ र अमानवीय व्यवहारको एक घटना भएको छ । 

डरलाग्दो रुपमा मानवअधिकार उल्लंघनका घटनामा घरेलु हिंसा घट्नुको साटो बढ्दै गएको छ । उनले भने, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो हुनु जरुरी छ ।”  मानवअधिकार संरक्षणका लागि सबै निकाय उत्तिकै जिम्मेवार बने मात्रै समाजमा शान्ति कायम हुनसक्ने उनले बताए । 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठीले वास्तविक घटना बाहिर नआउने प्रवृत्तिका कारण पीडितले न्याय पाउनबाट वञ्चित रहनुपरेको बताए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्