२७ जेठ २०८३, बुधबार

अबदेखि पशुपतिनाथ क्षेत्रमा गाडी चलाउन नपाइने

अबदेखि पशुपतिनाथ क्षेत्रमा गाडी चलाउन नपाइने

काठमाडौं, ११ पुस– आज (मंगलवार)देखि पशुपतिनाथ क्षेत्रमा कुनै पनि सवारी साधन चलाउन नपाइने भएको छ । प्रहरीले आजदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको हो । 

सवारी साधनले पशुपति क्षेत्रमा अस्तव्यस्तता बढाएको तथा विश्व सम्पदा सूचीमा रहेको उक्त क्षेत्रमा प्रदुषण बढाउनुका साथै भौतिक क्षति पुर्याएको भन्दै सरकारले सवारी साधन प्रवेशमा रोक लगाएको छ । 

पशुपति क्षेत्र विकास समितिले सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै प्रहरीले मंगलवारदेखि नै कार्यान्वयन शुरु गरिसकेको छ । महानगरीय प्रहरी प्रभाव गौशालाका अनुसार मंगलवारदेखि पशुपति क्षेत्रमा कुनै पनि सवारी साधनलाई प्रवेश गर्न दिइएको छैन । 

यद्यपि यो निर्णय शव वाहनलाई लागू नहुने जनाइएको छ । शव वहानलाई पहिलेकै स्थानसम्म जान दिइने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्