०७ साउन २०८३, बिहीबार

सलमानको फिल्म ‘टाइगर जिन्दा हे’ ले तोड्यो रेकर्ड, कति कमायो ?

सलमानको फिल्म ‘टाइगर जिन्दा हे’ ले तोड्यो रेकर्ड, कति कमायो ?

सलमान खानको फिल्म टाइगर जिन्दा हे ले बक्स अफिसमा तहल्का मच्चाएको छ । 

शुरुवातमा नै उत्कृष्ठ प्रदर्शन गरेको सलमानको फिल्मले कमाइको किर्तिमान भंग गरिरेहेको छ । 

पहिलो दिन १ सय १५ करोड कमाएको फिल्मले सोमबार पनि धमाकेदार कमाइ गरेको छ । ट्रेड म्यागजिन तथा फोव्र्सले चार दिनमा १५४ करोड रुपैयाँ कलेक्शनको अनुमान लगाएका थिए । 

फिल्मले सोमबार ३६.५४ करोडको कमाइको आकडा दर्ता गराएको छ । यसै गरि फिल्मले चार दिनमा १ सय ५१.४७ करोड रुपैयाँ कमाइ गरेको छ । 

यस वर्षको सवैभन्दा ठूलो ओपनिङ विकेन्ड गोलमाल एगेनको रेकर्ड तोड्नेवाला फिल्म टाइगर जिन्दा हेले शानदार कमाइ गरेको हो । 

४ हजार भन्दा धेरै स्क्रिनमा रिलिज भएको फिल्मको बजेट १५० करोड रहेको छ । शुक्रबार फिल्मले ३४.१० करोड शनिवार ३५.३० करोड आइतवार ४५.५३ करोड रुपैयाँ कमाएको छ । 
यससँगै सलमानको फिल्मले केही रेकर्डहरु समेत तोडेको छ । 

पहिलो दिन फिल्मले ३३.७५ करोड रुपैयाँको कमाइ गरेको छ । जुन ओपनिङमा २०१७ सालको सवैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । तर बेस्ट ओपनिङको रेकर्ड बाहुबली २ को नाममा थियो । जसलाई शुद्ध बलिउड फिल्म मानिदैन । 

बाहुबली २ ले पहिलो विकेन्डमा १२७ करोड रुपैयाँ भन्दा धेरै कमाइ गरेको थियो । टाइगर जिन्दा हेले रिलिजको पहिलो विकेन्डमा १०० करोडको क्लबमा प्रवेश पाएको छ । 

बक्स अफिसमा १०० करोडको क्लवमा प्रवेश गर्ने सलमानको यो १२ औं फिल्म हो । 
 

कमेन्ट गर्नुहोस्