२८ जेठ २०८३, बिहीबार

विराट र अनुष्काको दोस्रो प्रीतिभोज मुम्बईमा आज, बलिउड हस्तीलाई निम्तो

विराट र अनुष्काको दोस्रो प्रीतिभोज मुम्बईमा आज, बलिउड हस्तीलाई निम्तो

काठमाडौं, ११ पुस — भारतीय क्रिकेटका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाहपछिको दोस्रो प्रीतिभोज मंगलवार मुम्बईमा गरिँदैछ । 

मुम्बईस्थित सेन्ट रेगिस होटलमा हुने यस पार्टीमा भारतीय क्रिकेट टीम, बलिउड स्टारहरू र केही राजनेताहरू पनि उपस्थित हुनेछन् । प्रीतिभोज साँझ पौने नौ बजे शुरु हुनेछ र पार्टीको थिम पेस्टल फ्लोरल बेस्ड हुनेछ । रंगहरू गोल्डन सिल्भर हुनेछन् । 

बलिउडका तीन प्रसिद्ध खानहरू सलमान, शाहरुख र आमिर अनि महानायक अमिताभ बच्चन पनि पार्टीमा आउने सम्भावना छ । 

सेन्ट रेगिस होटल तीन हजार नौ सय ६ वर्गमिटरमा बनेको छ । यस होटलको टावर भारतकै सबभन्दा अग्लो टावर हो । यस विलासी होटलमा ३९५ वटा कोठा छन् जसमा २७ वटा त सुइट नै हुन् । सबै सुइटबाट अरब सागरको भव्य
दृश्य देखिन्छ । 

यसअघि अनुष्का र विराटको पहिलो प्रीतिभोज पनि भव्य भएको थियो । त्यसबेलामा अनुष्का मुखमा पैसा राखेर नाचेको देखिएकी थिइन् भने विराटले पनि साथीहरूसँग मिलेर भंगडा नाचेका थिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्